प्रधानमन्त्रीलाई होच्याउने रास्वपाका सांसदको अहँकार र घमण्डपूर्ण हर्कत, संसदभित्रै बबाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतबाट भैँसी चढेर आएको भनेर अपमानपूर्ण अभिव्यक्ति दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणको विषयमा सदनलाई जानकारी गराएपछि सांसदहरूले पूरक प्रश्न सोध्ने क्रममा रास्वपाका सांसद खनालले आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । सांसद खनालले अहँकार र घमण्डपूर्ण अभिव्यक्ति दिँदै प्रधानमन्त्री दाहाललाई भैँसीमा चढेर आएको भनि होच्याएका थिए ।

त्यसको विरोधमा माओवादी केन्द्रका सांसदहरूले विरोध जनाएका थिए । विरोध भएपछि रास्वपा र एमालेका सांसदहरू आफ्नो सिटमा उभिएर कराएका थिए । उनीहरूले संसदमा हो–हल्ला गरेर आतंक मच्चाएका थिए ।

रास्वपाका सांसद खनालले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले रुलिङ गरेका थिए ।

त्यसको विरोधमा रास्वपाका संसदीय दलका नेता रवि लामिछाने, एमालेका सांसद रघुजी पन्त, सांसद सूर्य थापाले विरोध जनाएका थिए ।

केही समयपछि भैँसी चढाएको भन्ने शब्द जसले बोलेको भए पनि हटाउने पुन: रुलिङ भएपछि सदन सुचारु भएको थियो ।

Published : Monday, 2023 June 5, 1:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया