फेसबुकका मालिकले ल्याउन लागे नयाँ सोसल मिडिया

न्युयोर्क । फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ सोसल मिडिया ल्याउने तयारी गरेका छन् ।

जुकरबर्गले नयाँ ल्याउन लागेको सोसल मिडियाको परीक्षण गरिरहेका छन् । जुकरबर्ग इन्टरनेटमा सोसल मिडियाको नयाँ युग सुरुवात गर्ने व्यक्ति हुन् ।

जुकरबर्गले स्थापना गरेको फेसबुकले सोसल मिडिया प्लाटफर्मको क्षेत्रमा नयाँ क्रान्तिको सुरुवात गरेको छ ।

जुकरबर्ग ट्वीटरजस्तै एउटा नयाँ सोसल मिडिया प्लाटफर्म ल्याउने तयारी गरेको हुन् ।

जुकरबर्गको प्लाटफर्ममा प्रयोगकर्ताले ट्वीटरमा जस्तै टेक्स्टहरू पोस्ट गर्ने सुविधा पाउनेछन् । प्लाटफर्मलाई इन्स्टाग्रामसँग पनि जोड्न सकिनेछ ।

जुकरवर्गको कम्पनी मेटाले छिटै आफ्नो माइक्रोब्लगिङ प्लाटफर्म लञ्च गर्न सक्छ । जुन महिनामा मेटाले नयाँ प्लाटफर्मको घोषणा गर्ने दाबी गरिएको छ ।

मेटाले बार्सिलोना कोड नामबाट यो प्रडक्टको परीक्षण गरिरहेको छ । यो एप अहिले अल्फा टेस्टिङको चरणमा छ ।

जुकरबर्गको नयाँ प्लाटफर्ममा ५ सय अक्षरहरू टाइप गर्न सकिनेछ । यसमा ह्यासट्याग पनि प्रयोग गर्न सकिनेछ । एजेन्सी

Published : Sunday, 2023 June 4, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया