स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता, जुन ८ मा प्रतियोगिता

लण्डन । स्विडेनले यौन सम्पर्कलाई खेलको सूचीमा समावेश गरेको छ । स्विडेनको यो निर्णयले हलचल ल्याइदिएको छ ।

युरोपियन मुलुक स्विडेनले सुन्दा पत्याउनै मुस्किल पर्छ । मानिसको गोप्य शारीरिक सम्बन्धको कुरा पनि कसरी खेल बन्न सक्छ ? स्विडेनमा सेक्सले केवल खेलको मान्यता मात्र पाएको छैन त्यहाँ स्विडिस सेक्स खेल महासंघ नै गठन भएको छ ।

महासंघले जुन ८ भन्दा अगाडि पहिलो पटक युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको आयोजना गर्दैछ ।

स्विडिस सेक्स फेडरेसनको सो सेक्स च्याम्पियनशीप प्रतियोगिता केही हप्तासम्म चल्नेछ । प्रतिस्पर्धीहरूले हरेक दिन ६ घण्टाका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

प्रतिस्पर्धीसँग आफ्ना खेल वा क्रियाकलापहरूमा सहभागी हुन ४५ मिनेटदेखि १ घण्टासम्मको समय हुनेछ ।

तीन जना निर्णायक मण्डल हुनेछन् । दर्शकहरूको भोटको आधारमा विजेता छनोट गरिनेछ । प्रत्येक विषयमा ५ देखि १० को बीचमा अंक प्रदान गरिनेछ ।

विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा सेडक्सनदेखि बडी मसाजसम्मका क्रियाकलाप सामेल छन् ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरूले आवेदन दिइसकेका छन् ।

स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकले खेलको रुपमा सेक्सलाई मान्यता दिनु अत्यावश्यक रहेका बताएका छन् । उनले यौनिक क्रियाकलापको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरूको बताएका छन् । एजेन्सी

Published : Sunday, 2023 June 4, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया