सीआईबीद्वारा सिरहाका अपराधीलाई पक्राउ

काठमाडौं । प्रहरीले ज्यानसम्बन्धी कसूर अपराधका फरार व्यक्तिलाई १३ वर्षपछि पक्राउ गरेको छ ।

फरार रहेका प्रतिवादी सिरहाको गोलबजार नगरपालिका–१३ बस्ने ५१ वर्षीय जगदीश पासवानलाई घटनाको १३ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

गोलबजार बस्ने रामबिलास यादवले गाउँमा नराम्रो काम गर्दै हिँडेको भन्ने विषयलाई लिएर छलफल गराउने भन्ने कुरामा दुवै पक्षबीच विवाद भएको थियो ।

रामले २०६७ वैशाख २८ गते रति गोली प्रहार गर्दा गोलबजार नगरपालिका–१३ बस्ने बेचन पासवानलाई हातमा र दाजु नथुनी पासवानलाई छातीमा गोली लागि घाइते भएका थिए ।

नथुनी पासवानको घटनास्थलमै मृत्यु भएको थियो । जगदीशले रामलाई कुटपिट गर्दा रामको समेत मृत्यु भएको घटना अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) महाराजगंजबाट खटिएको प्रहरीले घटनामा संलग्न जगदीशलाई गोलबजार काशीपुर सलेस मन्दिर नजिकबाट पक्राउ गरेको हो ।

उनलाई थप आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ ।

Published : Friday, 2023 June 2, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया