युवतीको शवसँग यौनसम्पर्क

मुम्बई । भारतमा पहिले हत्या गरेर पछि शवसँग यौनसम्पर्क गरेको आरोप लागेका रंगराजु वाजपेयीलाई कर्नाटक उच्च अदालतले हत्याको अभियोगमा दोषी ठहर गरेको छ ।

शवसँग यौनसम्पर्क गरेका वाजपेयीलाई अदालतले सफाइ दिएको छ । तल्लो अदालत (ट्रायल कोर्ट) ले हत्या र बलात्कार आरोपमा वाजपेयीलाई दोषी ठहर गरेको थियो ।

आठ वर्षपछि कर्नाटक उच्च अदालतले युवकलाई हत्या अभियोगमा दोषी ठहर गर्दै बलात्कार मुद्दामा सफाइ दिएको छ ।
बलात्कार आरोपमा सफाइ दिनुलाई अदालतले कानूनमा रहेको अस्पष्टता भएको उल्लेख गरेको छ ।

सर्वोच्चले आफ्नो आदेशमा कानूनअनुसार शवलाई व्यक्ति मान्न नसकिने बताएको छ । बलात्कारसँग सम्बन्धित (इन्डियन पेनल कोड) आईपीसीको धारा ३७६ आरोपी लागू नहुने अदालतले व्याख्या गरेको छ ।

भारतको संविधानको धारा ३७५ र ३७७ अन्तर्गत पनि मृत शरीरलाई मानव वा व्यक्ति मान्न नसकिने जनाइएको छ ।

अदालतले बलात्कार मुद्दामा दोषीलाई सफाइ दिए पनि केन्द्र सरकारले भने ६ महिनाभित्र आईपीसीको धारा ३७७ लाई परिवर्तन गरी मानव शव वा जनावरको शवसँग यौनसम्बन्धलाई दण्डनीय बनाउन निर्देशन दिएको छ ।

उच्च अदालतले नेक्रोफिलिया र मृत शरीरसँग यौन सम्बन्धलाई आईपीसीको धारा ३७७ को दायरामा ल्याउन केन्द्र सरकारलाई भनेको छ ।

घटना २०१५ जुन २५ मा कर्नाटकको तुमकुर जिल्लाको एउटा गाउँमा भएको थियो । रंगराजु वाजपेयीले गाउँकी २१ वर्षीया युवतीको हत्या गरी उनको शवलाई बलात्कार गरेका थिए। २०१७ अगस्ट ९ मा तुमकुरको जिल्ला र सत्र अदालतले रंगराजुलाई हत्या र बलात्कारको दोषी ठहर गरेको थियो ।

अगस्ट १७ मा हत्या अभियोगमा उनलाई जन्मकैद र ५० हजार भारतीय रुपियाँ जरिवानाको सजाय सुनाइएको थियो। सोही बलात्कार मुद्दामा १० वर्ष कैद र २५ हजार जरिवाना पनि गरिएको थियो । रंगराजुले तल्लो अदालतको फैसला चित्त नबुझी उच्च अदालतमा चुनौती दिएका थिए । एजेन्सी

Published : Thursday, 2023 June 1, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया