काठमाडौंको क्यासिनोमा चोरी

काठमाडौं । वाल्डो क्यासिनोमा रहेका चिनियाँ नागरिकको रकम चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको रकम चोरी गरेको अभियोगमा प्रहरीले २८ वर्षीय सरिव खानलाई पक्राउ गरेको जनाएको छ ।

चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रूपियाँ चोरी गरेको अभियोगमा भारतको पटना घर भएका २८ वर्षीय सरिव खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभी लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई फेला पारी पक्राउ गरेको छ ।

क्यासिनोमा चोरी भएको घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

Published : Thursday, 2023 June 1, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया