तनहुँकी कल्पनाको हत्यामा अनुसन्धान गर्दा सर्लाही पुग्यो सीआइबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सर्लाहीबाट ४० वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ ।

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति सर्लाहीको ईश्वरपुर नगरपालिका–८ चौधरी बस्ती बयलवास बस्ने नरेशलाई बिहीबार बिहान सीआईबीको टोलीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिरहाको कर्जन्हा नगरपालिका–१० बगाहा खोलाको पुलमुनि तनहुँको पोखरी भञ्ज्याङ घर भई नवलपरासीको आदर्श बस्ने २५ वर्षीया कल्पना परियार २०७० असोज २९ गते बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।

कल्पनाको मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा घटनामा नरेश चौधरी संलग्नता खुल्न आएपछि सर्लाहीको ईश्वरपुर नगरपालिका–८ चौधरी बस्ती बयलवासमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नरेशलाई थप आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ ।

Published : Thursday, 2023 June 1, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया