प्रचण्ड भारत गएकै दिन सभापति लामिछाने पनि पत्नी लिएर उतै निस्किए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई लिएर भारत गएका छन् ।

बुधबार सभापति लामिछाने आफ्नी पत्नीलाई ‘च्यापेर’ भारत गएको स्रोतले जनाएको छ । सभापति लामिछानेले रास्वपाका नेताहरू रहेको मेसेन्जर ग्रुपमा मुम्बई गएको जानकारी दिएका छन् ।

रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा.मुकुल ढकालले व्यक्तिगत कामले सभापति लामिछाने हवाईजहाजबाट भारत गएको जानकारी मिलेको बताएका छन् ।

बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जम्बो टोलीसहित चार दिने भ्रमणमा दिल्ली पुगिसकेका छन् ।

आफू भारत जाने भएपछि लामिछानेले संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् ।

यसअघि जेठ पहिलो साता विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाददामोदर मोदीसँग रविले काठमाडौंमा भेट गरेका थिए ।

मोदी पाँच दिने भ्रमणमा आएका बेला लामिछानेसँग वार्ता भएको थियो । त्यसबेला उनले अन्य दलका नेताहरूलाई पनि भेटेका थिए ।

Published : Wednesday, 2023 May 31, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया