नागरिकता विधेयक स्वीकृत गरेको प्रक्रिया मिलेन : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले नागरिकता विधेयक राष्ट्रपतिबाट स्वीकृत भएकोमा प्रक्रियालाई लिएर असन्तुष्टि जनाएका छन् ।

बुधबार नेता महरले सामाजिक सञ्जालमार्फत संसदबाट प्रक्रियागत रुपमा नागरिकता विधेयक पारित गरेर राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वीकृत गरेको भए निकै राम्रो हुने बताएका छन् ।

उनले भनेका छन्, ‘नयाँ जनादेश प्राप्त संसदले प्रक्रियागत रुपमा नागरिकता विधेयक पासगरेर मात्र राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको भए संसदीय सर्बोच्चताको गरिमा बढ्थ्यो होला !’

‘बलमिच्याइँभन्दा प्रक्रिया नै लोकतान्त्रिक पद्दतिको सुन्दरतम उपहार हो’, केन्द्रीय सदस्य महरले भनेका छन् ।

राष्ट्रपति पौडेलले बुधबार सरकारद्वारा स्वीकृतिका लागि पठाएको नागरिकता विधेयक पहिलो संशोधनलाई स्वीकृत गरेका थिए ।

Published : Wednesday, 2023 May 31, 2:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया