एमालेका नेता तथा पूर्वमन्त्रीले सर्वसाधारणलाई कुटे

काठमाडौं । एमालेका नेता तथा पूर्वमन्त्री पार्वत गुरुङले सर्वसाधारण युवालाई कुटपिट गरेर प्रहरीलाई पक्राउ गर्न आदेश दिएका छन् ।

शनिबार साँझ एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका गुरुङले अमित अधिकारीलाई काभ्रेको खावामा कुटपिट गरेका हुन् ।

शनिबार इमर्जेन्सी लाइट बालेर दोलखाबाट काठमाडौंतर्फ जाने क्रममा पूर्वमन्त्री गुरुङले अधिकारीलाई कुटपिट गरेका हुन् ।

सिन्धुपाल्चोकको सुकेटेमा सडकमा अस्वभाविक गतिमा एमालेका नेता गुरुङले गाडी चलाएका थिए । अर्को गाडीमा रहेका अधिकारीले किन अस्वभाविक रुपमा गाडी चलाएर मान्छेलाई आतंकित बनाएको भनेर प्रश्न गर्दा उल्ट पूर्वमन्त्री गुरुङले कुटपिट गरेर प्रहरीको जिम्मा लगाएका हुन् ।

बा ०२५ च ५४०२ नम्बर गाडीमा पूर्वमन्त्री गुरुङ दोलखाबाट काठमाडौं आउँदै थिए । सर्वसाधारण अमित अधिकारी बा ०२३ च ८९२५ नम्बरको गाडीमा आएका थिए ।

Published : Sunday, 2023 May 28, 6:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया