कांग्रेस नेतृ राणाद्वारा एडीबीका प्रतिनिधिहरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद आरजु राणाले एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिहरूसँग भेटवार्ता गरेकी छिन् ।

बिहीबार काठमाडौंमा नेतृ राणाले सुदूरपश्चिमको विकासका बारेमा एसियाली विकास बैंकका प्रतिनिधिहरूसँग परामर्श गरेकी हुन् । नेतृ राणाले सुदूरपश्चिमको विकासमा विशेष ध्यान दिन र सहयोगहरूलाई वृद्धि गर्न बैंकका प्रतिनिधिहरूसँग आग्रह गरेकी छिन् ।

नेपालका लागि कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइस, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाह, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र एसियाली विकास बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

धनगढी उप–महानगरपालिका अन्तर्गत एसियाली विकास बैंकले धनगढी उप–महानगरपालिकामा संचालन भैरहेको सडक निर्माणका कार्यक्रमहरूलाई थप २ वर्ष थप गर्ने प्रतिबद्धता बैंकका प्रतिनिधिहरूले व्यक्त गरेका छन् ।

कांग्रेस नेतृ राणाको आग्रहमा बैंकका प्रतिनिधिहरूले सुदूरपश्चिम विकास क्षेत्रको विकासका लागि बहुआयामिक क्षेत्रहरूअन्तर्गत पर्यटन, वन पैदावार, धार्मिकस्थलहरूको संरक्षण, कृषि, सडक संजाल बिस्तार, आदि क्षेत्रहरूमा आवस्यक सहयोग र सहकार्यका लागि प्रतिबद्धता गरेका छन् ।

Published : Thursday, 2023 May 25, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया