घोराहीमा राखीमायालाई हत्याको प्रयास

घोराही । दाङको घोराही उप–महानगरपालिका–१३ सेवार बासबोटमा वृद्ध महिलालाई घरेल हतियार प्रहार गरेर हत्याको प्रयास भएको छ ।

बुधबार ६२ वर्षीया राखीमाया रोकामाथि घरमा बसेका बेला एकजना अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको दाङ प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) वीरबहादुर वलीले बताएका छन् ।

बुधबार दिउँसो करिब ४ बजे २५/३० वर्षको व्यक्तिले घरभित्र आएर रोकामाथि कुटो तथा चुलेसीले टाउँको तथा शरीरका विभिन्न भागमा प्रहार गरेको थियो ।

रोकालाई घाइते बनाएपछि ती युवकले साढे दुई तोलाको सुनको सिक्री र मोबाइल फोन लुटेर लगेको एसपी वलीले बताएका छन् ।

Published : Thursday, 2023 May 25, 10:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया