उपेन्द्र यादवद्वारा शक्तिशाली पदमाथि कब्जा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मतिले चयन गरेको हो ।

यसअघि जसपाको संसदीय दलको नेता रामसहायप्रसाद यादव थिए । उनी उप–राष्ट्रपतिमा बनेपछि संसदीय दलको नेतामा यादव चयन भएका छन् ।

सप्तरीमा प्रतिनिधि सभाको निर्वाचनमा यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।

प्रतिनिधि सभाको उप–निर्वाचन यादव बारा–२ बाट निर्वाचित भएका थिए ।

जसपाका अध्यक्ष समेत रहेका नेता यादव निकै अवसरवादी नेताका रुपमा परिचित छन् । उनले आफ्ना ‘हनुमान’हरूलाई मात्रै पार्टीभित्र अवसर दिने गरेको आरोप छ ।

Published : Monday, 2023 May 22, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया