प्रा.डा.थापा लुम्बिनी सरकारको कानूनी सल्लाहकारमा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो कानूनी सल्लाहकार नियुक्ति गरेका छन् ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदबाट राजनीति शास्त्री तथा कानूनविद् प्रा.डा.बुद्धबहादुर थापालाई लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

प्रा.डा.थापालाई लुम्बिनी प्रदेश सरकारको कानूनी सल्लाहकारमा नियुक्ति गरिएको एक मन्त्रीले जनाएका छन् । मुख्यमन्त्री चौधरीले प्रा.डा.थापालाई कानूनी सल्लाहकारमा नियुक्तिका लागि प्रस्ताव गरेका थिए । प्रा.डा.थापासँग कानून क्षेत्रको लामो अभिनुभव छ ।

Published : Monday, 2023 May 22, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया