हैसियतभन्दा धेरै कमाएका अमरेशलाई विकाशले पानीमुन गएपनि नछाड्ने

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका प्रवक्ता विकाशकुमार ठाकुरले अकुत सम्पत्तिको छानविनबाट जोगिन सांसद अमरेश सिंहले स्टन्ट गरिरहेको आरोप लगाएका छन् ।

आफूविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि अमरेशले आजभोलि नेपाली जनताका लागि आफू टुँडिखेलमा झुण्डिन तयार रहेको तर, भ्रष्टारविरुद्ध बोल्न छाड्दिन भनेर कठोर अभिव्यक्ति दिएका छन् ।

अमरेश सिंहविरुद्ध अख्तियारमा उजुरी दिने युवा नेता ठाकुरले यथाशीघ्र छानविन गर्न माग गरेका छन् ।

ठाकुरले छानविनबाट अमरेशको अकुत सम्पत्ति नभेटिए आफ्नो सबै सम्पत्ति राज्यलाई दान गर्ने घोषणा पनि गरेका छन् ।

‘अख्तियारले छानविन गरोस् । मैले दिएको उजुरीमा उल्लेखित सम्पत्ति वा त्योभन्दा बढी सम्पत्ति नदेखिएमा आफ्नो सबै सम्पत्ति राज्यलाई दिएर आत्मदाह गर्छु’, ठाकुरले भनेका छन् ।

सामान्य परिवारका अमरेश सिंहले नेपाली कांग्रेसको राजनीतिबाट पटक पटक सांसद बन्ने मौका पाएका थिए । गएको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रबाट सिंह निर्वाचित भएका छन् ।

आफ्नो हैसियत र गच्छेभन्दा धेरै सम्पत्ति आजर्न गरेका अमरेश सिंहका बारेमा अख्तियारमा उजुरी परेको छ । अमरेश सिंहले आफ्नो सम्पत्तिको स्रोत जनतालाई चित्तबुझ्ने गरेर दिन सकिरहेका छैनन् ।

सांसद सिंहले अख्तियारको छानविनका क्रममा स्रोत खुलाउन सकेनन् भने भ्रष्टाचार काण्डमा जेल पनि जान सक्नेछन् ।

Published : Friday, 2023 May 19, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया