युवतीसहित तीन जनासँग १० करोडौंको ठगी, काठमाडौंमा पक्राउ, भीआईपीहरूसँग खोरमा बस्ने

काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंले करीव दश करोड रुपियाँ ठगी गरेको अभियोगमा ४३ वर्षीय कृष्णमुरारी गुरुङलाई पक्राउ गरेको छ ।

विभिन्न प्रलोभन देखाई ठगी गरेको अभियोगमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ घर भएका गुरूङलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

गुरूङले विभिन्न मिति र समयमा विशेष अदालतबाट आफ्नो सम्पत्तिहरू रोक्का भएको तथा मुद्दा परेकोले मुद्दा मिलाउन र आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै एक जना पीडित ठगी गरेका थिए ।

गुरुङले ती व्यक्तिबाट ७ करोड ७५ लाख रूपियाँ, २० तोला सुन र अर्का एक जना पीडितबाट ३० लाख रूपियाँ ठगी गरेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीले जनाएको छ ।

गुरूङले आफूसँग रहेको गाडी बिक्रीमा रहेको, बैंकमा २० लाख रुपियाँ ऋण तिरेपछि बैंकले उक्त गाडी आफ्नो नाममा पास गरी दिने र उक्त गाडी पीडितलाई खरिद गर्न दिने भन्दै विश्वासमा पारी अर्की महिला पीडितबाट समेत २० लाख रुपियाँ ठगी गरी फरार भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङ उपर ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री र ठूला बदमासहरू पक्राउ परेका बेला अर्का ठूला ठग पनि पक्राउ परेका छन् ।

Published : Friday, 2023 May 19, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया