काठमाडौंमा बस दुर्घटना, ९ जना घाइते, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने बसमा सवार ९ जना घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका–११ शेषमती सडकमा बा.३ ख ६३६७ नम्बरको बसले बा.४९ प ७०१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको रुपनी गाउँपालिका–३ घर भई ललितपुरको ईमाडोल बस्ने ५७ वर्षीय जोगेन्द्रप्रसाद गुप्ताको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसमा सवार ९ जनामध्ये ७ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

अन्य २ जनाको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

Published : Thursday, 2023 May 18, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया