बौद्धमा प्रहरीद्वारा रिन्छेनको होटल छापा, ठूलो रकमसहित जुवाडेहरू पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ ।

बुधबार राति काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली बस्ने ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा प्रहरीले छापामारेको विज्ञप्तिमा उल्लेख छ ।

जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसमेत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

रिन्छेनको होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्रहरीको विशेष टोली खटिएको थियो ।

प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपियाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2023 May 18, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया