एमालेका वाग्लेको पावरफुल सरकारी पद फुत्कियो

काठमाडौं । एमाले नेतृत्वको कोशी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो । बर्खास्तमा परेका वाग्ले एमालेकै नेता हुन् । वैदेशिक रोजगार व्यवसायी समेत रहेका वाग्लेले नेपाली कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका थिए ।

वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन नलेखेको भन्दै वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधिएको थियो ।

चित्त बुझ्दो जवाफ नदिएको भन्दै बुधबारको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले जानकारी दिएका छन् ।

Published : Thursday, 2023 May 18, 8:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया