उपलब्धी कमजोर बनाउन कांग्रेसमाथि बिभिन्न खालका आक्रमण हुन थाल्यो : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको छ ।

बुधबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बसेको कार्यसमितिको बैठकमा समग्र विषयमा छलफल भएको हो ।

कांग्रेसको संगठन सुदृढीकरणका लागि प्रदेश सम्मेलनको तयारीका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेसमाथि विभिन्न खालका आक्रमण र प्रहार भइरहेको भन्दै चिन्ता जनाएका छन् । उनले अहिले सरकार विस्तार, कांग्रेसको संगठन निर्माणलगायतका विषयमा धारणा राखेका थिए ।

सभापति बानियाँले कांग्रेसमाथि भइरहेका प्रहारको प्रतिवाद गर्न निर्देशन दिएका छन् । उनले कांग्रेसले मात्रै मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई बचाउन सक्ने बताए । कांग्रेसलाई कमजोर बनाउन अहिले केही तत्वहरू लागेको सभापति बानियाँको भनाइ थियो ।

बैठकमा नेताहरू बहादुरसिंह लामा, जगदीश्वर नरसिंह केसीसहितका कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2023 May 17, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया