डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको मूल्य के भयो ?

काठमाडौं । सरकारले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपियाँले घटाएको छ ।

नेपाल आयल निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरेर डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोलको मूल्य भने यथावत राखेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपियाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपियाँ घटाएको छ ।

आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपियाँ ५२ पैसा घटाएर पठाएको छ । भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ ।

पेट्रोलको मूल्य समायोजन नगर्दा भारतमा भन्दा नेपालमा प्रतिलिटर २३ पैसा बढी छ । मूल्य घटाउँदा फेरि तस्करी हुने सम्भावना देखिएको निगमले जनाएको छ ।

डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपियाँ पर्नेछ ।

मट्टीतेल पनि १ सय ५५ रुपियाँ पर्ने निगमले जनाएको छ । पेट्रोलको मूल्य यथावत राख्दा प्रतिलिटर १७५ रुपियाँ नै पर्ने भएको छ ।

Published : Tuesday, 2023 May 16, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया