प्रहरीको खोजीमा रहेका उत्तरमान लोकन्थलीबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ३२ वर्षीय उत्तरमान गोलेलाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको छ ।
आइतबार बैंकिङ कसूर मुद्दाका फरार गोलेलाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमार्फत जनाएको छ ।
गोले रौतहट जिल्लाको गजुरा नगरपालिका वडा नं. २ स्थायी वतन भइ हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ मा बस्दै आएका थिए ।
गोलेलाई उच्च अदालत पाटन, ललितपुरको २०७९ मंसिर १३ गते बैंकिङ कसूर मुद्दामा ४ लाख ६० हजार जरिवाना र दुई दिन कैद सजाय भएपछि फरार भएका थिए ।
Published : Monday, 2023 May 15, 11:51 am
फेसबुकबाट तपाईको प्रतिक्रिया