आईजीपी ज्यू, जथाभावी समाचार लेखाउने र सूचना चुहाउनेलाई कारबाही गर्नुस्

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले एकद्वार सूचना प्रणाली लागू गर्न नसक्दा जथाभावी समाचारहरू आइरहेका छन् ।

सञ्चारमाध्यमहरूमा जथाभावी समाचार आउँदा भ्रमहरू भइरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा नाम चलेका व्यक्तिहरूको नाम जोडेर लेखाइएका छन् ।

विशेष गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनका प्रहरी प्रमुख (एसएसपी) मनोजकुमार केसीले आफू अनुकूल समाचार लेखाएको आरोप छ । उनले गोप्य दस्तावेजहरू एउटा ठूलो दैनिक पत्रिकालाई उपलब्ध गराएको आरोप छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा एकद्वार सूचना प्रणाली लागू गर्नुपर्छ । होइन भने भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा समस्या पर्नेछ ।

एसएसपी केसीले व्यक्तिगत स्वार्थमा समाचार लेखाएको आरोप लागेका बेला एकद्वार सूचना प्रणालीको कुरा उठेको छ ।

अनुसन्धानको सूचनाहरू आफू अनुकूल रुपमा लेखाउने र पत्रकारहरूलाई दिने कार्यलाई आईजीपी कुँवरले तुरुन्त रोक्नुपर्छ ।

होइन भने नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानलाई निर्मला पन्त बनाउन सक्नेछन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गोप्य सूचनाहरू किन मिडियामा जान्छ ? किन जथाभावी समाचार लेखाइन्छ ? यो विषयमा आईजीपी कुँवरले अनुसन्धान गर्नुपर्छ ।

एकद्वार सूचना प्रणालीबाट पत्रकारले समाचार पाउने हो भने सत्यतथ्य समाचार बाहिर आउनेछ ।

Published : Sunday, 2023 May 14, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया