विभागको आदेशपछि धुम्बाराहीबाट लिम्बू पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ४९ वर्षीय रुद्रबहादुर लिम्बूलाई पक्राउ गरेको छ ।

कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले लिम्बूलाई शुक्रबार धुम्बाराहीबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

लिम्बूको स्थायी घर ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ मा पर्छ । उनी हाल काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर, थापागाउँमा बस्दै आएका थिए ।

लिम्बु समेतले १९ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार पुलिसमा १ लाख रुपियाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भनेर प्रलोभन दिएका थिए ।

पीडितहरूबाट पटक–पटक गरी ६९ लाख रुपियाँ ठगी गरेको भन्दै प्रहरीले लिम्बूलाई पक्राउ गरेको थियो ।

वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेर लिम्बूलाई पक्राउ गर्न आदेश दिएको थियो ।

लिम्बूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

Published : Sunday, 2023 May 14, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया