बज्रबाराही अस्पतालमा सरकारबाट लापरबाही भएपछि महर्जनद्वारा आक्रोश व्यक्त

काठमाडौं । बागमती प्रदेशका प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले बज्रबाराही अस्पतालबाट बिरामीहरूको उचित उपचार र रेखदेख हुन नसकेको भन्दै आक्रोश पोखेका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका प्रदेश सभा सदस्य महर्जनले अस्पतालमा चिकित्सक र बिरामीलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउन माग गरेका छन् । उनले चिकित्सकहरूको माग गरेर स्वास्थ्य विभागसँग आग्रह गर्दा गैरजिम्मेवार जवाफ पाएको भन्दै आक्रोश पोखेका छन् ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ११ स्थित बज्रबाराही अस्पताल, स्थानीय र दक्षिण ललितपुरका जनताहरूका लागि निकै महत्वपूर्ण रहेको महर्जनले बताएका छन् ।

‘जनप्रतिनिधिको नाताले स्थानीयबासीहरूलाई सेवा सुबिधा दिलाउने मेरो नैतिक जिम्मेवारी हो’, महर्जनले भनेका छन्, ‘यस सम्बन्धमा सम्बन्धित निकाय र बागमती प्रदेश संसदमा दह्रो आवाज उठाउने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

Published : Sunday, 2023 May 14, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया