कांग्रेसको ‘घण्टी विद्यार्थी’द्वारा कांग्रेसकै नेताहरूविरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघको झण्डा बोकेर केही युवाहरूले काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।
आइतबार बिहान काठमाडौंको त्रि–चन्द्र क्याम्पसबाट युवाहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई निलम्बन गर्न माग गरेका छन् ।
आफूलाई विद्यार्थी अर्थात नेविसंघ बताउने ती युवाहरूले विरोध प्रदर्शन रत्नपार्क जमल हुँदै परिक्रमा गरका छन् ।
उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाणलाई किन निलम्बन नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न सोधिएको प्लेकार्ड प्रदर्शन गरेका छन् ।
ती युवाहरूले दाजुभाउजुमात्रै नभई भ्रष्टाचारमा मुछिए आफ्नै आमाबुवालाई समेत नछाड्ने भनेर प्ले कार्ड बोकेका छन् ।
उनीहरूले एमाले सचिव टोपबहादुर रायमाझी कता हराएको भनेरसमेत प्रश्न गरेका छन् ।
प्रदर्शनमा उत्रिएका युवाहरू नेविसंघको कार्यकर्ता भनेका छन् । उनीहरू महामन्त्री गगनकुमार थापा निकटका हुन् । उनीहरूलाई ‘घण्टी विद्यार्थी’ भनेर टिप्पणी गरिएको छ ।
कांग्रेसको एउटा समूहले पार्टीलाई कमजोर बनाउने गरेर गतिविधि गरिरहेको छ । सोही गतिविधि अन्तर्गत घण्टी समर्थकहरूले प्रदर्शन गरेको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया