पूर्वसांसद पनि नक्कली भुटानी शरणार्थी काण्डमा मुछिए, पक्राउ गर्न खोजी

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरीले जनाएका छन् ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरूबाट रकम असुलेको आरोप छ । नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर शेर्पाले भेटेको आरोप छ ।

यसअघि, प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको छ ।

Published : Sunday, 2023 May 14, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया