भुटानी शरणार्थी काण्ड भएका बेला प्रचण्डद्वारा देउवा–ओलीसँग भेट

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग सम्वाद गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग सामूहिक रुपमा भेट गरेका हुन् । भेटमा के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरण जबरजस्त रुपमा बाहिर आइरहेका बेला प्रधानमन्त्री दाहालले देउवा र ओलीसँग भेटवार्ता गरेका छन् । नक्कली भुटानी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । अरु हाइलेबलका नेता र उच्च कर्मचारीहरू पनि मुछिन सक्ने चर्चा चलेको छ ।

उनीहरूका बीच संवैधानिक परिषदको नियुक्ति, संसदमा रहेका विधेयक, सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

Published : Sunday, 2023 May 14, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया