नागरिकता-राहदानीसहित २ करोड काण्डका नाइके लामिछाने भ्रष्टाचार विरोधी कार्यक्रममा सहभागी

काठमाडौं । दोहोरो नागरिकता काण्डमा सांसद र गृहमन्त्री पद गुमाएका ‘कीर्ते’का नाइके रवि लामिछाने भ्रष्टाचार विरोधी कार्यक्रममा सहभागी भएर ठूला कुरा गरेका छन् ।

शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने भ्रष्टाचार विरोधी प्रदर्शनमा सहभागी भएर भ्रष्टाचारीलाई कारबाहीको माग गरेका हुन् । लामिछानेले नेपाली नागरिकता त्याग गरेर अमेरिकन नागरिकता लिएका थिए । अमेरिकन नागरिकता हुँदाहुँदै पुरानो नेपाली नागरिकता दुरुपयोग गरेर सांसद, उप–प्रधानमन्त्री र गृहमन्त्री बनेका थिए ।

सभापति लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको अभियोगमा आलोचित भइरहेका छन् । लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको काण्डमा सरकारले मुद्दा नचलाने निर्णय गरेको छ । तर, राहदानी दुरुपयोग काण्डमा छानविन र कारबाहीको माग गरेर लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको छ ।

काण्डै काण्डमा परेका सभापति लामिछाने भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी भएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् । सभापति लामिछानेले सांसदलाई मन्त्री बनाउन दुई करोड माग गरेको अभियोग लागेको छ ।

टेलिभिजन कार्यक्रम चलाउँदा विभिन्न व्यक्ति र संघ संस्थासँग करोडौं रुपियाँ उठाएको आरोप लामिछानेमाथि छ ।

Published : Saturday, 2023 May 13, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया