बाईस जना डीएसपीहरूको एसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा को ?

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले २२ जना प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ ।

समितिले शुक्रबार २२ जना नायब उपरीक्षक (डीएसपी)हरूलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवाका लागि पहिलो नम्बरमा सिफारिसमा पर्नेमा गौतमकुमार केसी रहेका छन् । दोस्रो नम्बरमा बसुन्धरा खड्का र तेस्रो नम्बरमा अपीलराज बोहराको सिफारिस भएको छ ।

एसपी बढुवाका लागि सिफारिस हुनेमा नवराज कार्की, गोविन्द पुरी, रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्ती मगर, बासुदेव पाठक र रुपेश खड्का रहेका छन् ।

त्यसैगरी, मिलन केसी, भावेश रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमौरिया, कुमोध ढुंगेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहेका छन् ।

Published : Saturday, 2023 May 13, 12:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया