परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता भएको छ ।

बंगलादेशको ढाकामा जारी छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन ढाका पुगेका परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षी जयशंकरसँग साइडलाइन वार्ता गरेका हुन् ।

जयशंकरले ट्वीटरमार्फत साउदसँग पहिलो भेट फलदायी भएको र नयाँ जिम्मेवारीका लिग बधाई दिएको उल्लेख गरेका छन् ।

‘हामीबीच निरन्तर बढिरहेको साझेदारीलाई अगाडि बढाउन चाल्नुपर्ने कदमबारे छलफल भयो’, जयशंकरले भनेका छन्, ‘ऊर्जा, कनेक्टिविटी र जनता जनताबीचको हाम्रो स्थायी सम्बन्धबारे पनि कुराकानी भयो ।’

परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षीलाई भेटेर खुशी लागेको भन्दै द्विपक्षीय सहयोगका लागि मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।

Published : Friday, 2023 May 12, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया