कहिले विस्तार हुन्छ लुम्बिनी सरकार ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएपछि दलहरूलाई मिलाउन लागेका छन् ।

गठबन्धनका दलहरूसँग निरन्तर सम्वाद र परामर्शमा रहेका चौधरीले शीर्ष नेताहरूसँग सरसल्लाह गरेर मन्त्रिमण्डल विस्तारको तयारीमा छन् ।

उनले दलका शीर्ष नेताहरूसँग मन्त्रीहरू र मन्त्रालयका विषयमा कुराकानी गर्नेछन् । त्यसका लागि काठमाडौं आएका मुख्यमन्त्री चौधरी शुक्रबार राति भैरहवा फर्किएका छन् ।

उनले सबै दलहरूलाई चित्त बुझाएर मन्त्रिमण्डल विस्तार गर्ने पक्षमा छन् । सोही कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको एक नेताले बताएका छन् ।

Published : Friday, 2023 May 12, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया