कांग्रेस–माओवादीसहितको गठबन्धन सरकारको लामिछानेद्वारा प्रशंसा, प्रचण्डसँग भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र लामिछानेका बीच भेटवार्ता भएको हो । भेटमा के कुरा भएको थियो केही भनिएको छैन ।
तर, बालुवाटार निकट स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कामको लामिछानेले प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री दाहालले रास्वपाका सभापति लामिछानेलाई सरकारमा सहभागी हुन पुन: आग्रह गरेका छन् । लामिछानेले सो विषयमा के जवाफ दिएका छन् केही भनिएको छैन ।
नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनको सरकारले अहिले गरेको भ्रष्टाचारविरुद्धको कारबाही र अभियानको सभापति लामिछानेले खुलेर प्रशंसा गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया