अभिनेत्रीविरुद्ध पक्राउ पुर्जी जारी

मुम्बई । बलिउड अभिनेत्री अमीषा पटेल र उनका बिजनेस पार्टनर कुणाल गूमरविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अदालतले अमीषा र कुणालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । झारखण्डस्थित राँचीको अदालतले अमीषा र कुणाललाई चेक बाउन्स, धोका र धम्कीको मामिलामा पक्राउ पुर्जी जारी गरेको हो ।

मुद्दामा अदालतले पहिला अमीषा र कुणाललाई हाजिर हुन नोटिस जारी गरेको छ । अदालतमा हाजिर नभएपछि उनीमाथि पक्राउ पुर्जी जारी भएको छ । घटनाका बारेमा १५ अप्रिलमा सुनवाइ हुँदैछ ।

अभिनेत्री पटेलविरूद्ध राँची निवासी फिल्म निर्माता अजयकुमार सिंहले १७ नोभेम्बर सन् २०१८ उजुरी दिएका छन् । उनले म्यूजिक एल्बम र फिल्मको नाममा आफूसँग पैसा लिएर ठगी गरेको आरोप लगाएका छन् ।

अभिनेत्री अमीषाले फिल्म ‘देशी म्याजिक’का लागि सिंहसँग २ करोड ५० लाख भारू लिएकी थिइन् । सो रकम अभिनेत्री अमीषाले फिर्ता नगेको जनाइएको छ ।

पैसा फिर्ता मागेपछि अभिनेत्री अमीषाले दुई वटा चेक दिएकी थिइन् । चेक दिए पनि ती चेकहरू बाउन्स भएका थिए ।

Published : Friday, 2023 April 7, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया