पुष्पा २ को टिजर रिलिज

मुम्बई । ‘पुष्पा द रूल’को टिजर सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक गरिएको टिजरमा पुष्पा तिरूपति जेलबाट फरार भएको प्रसंगलाई समेटिएको छ । प्रहरी पुष्पाको खोजीमा छ । सहरमा नारा–जुलुस भइरहेको छ ।

फिल्मलाई सुकुमारले निर्देशन गरेका छन् । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ । अभिनेत्री रश्मिका मन्दनाको जन्मदिनको अवसर पार्दै फिल्मको टिजर सार्वजनिक गरिएको छ ।

निर्माण टिमले रश्मिकाको एक पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘पुष्पा द रूलको टिम हाम्री श्रीवल्ली अर्थात रश्मिका मन्दनालाई जन्मदिनको शुभकामना दिन्छौं । तपाईं यसरी नै दर्शकको मन जितिरहनु ।’

अप्रिल ८ मा अल्लु अर्जुनको जन्मदिन हो । उनको जन्मदिनको अवसर पारेर अप्रिल ७ मा फिल्मको दोस्रो टिजर सार्वजनिक हुने बताइएको छ ।

‘पुष्पा २’ ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने अपेक्षा निर्माण टिमको छ । फिल्म ‘पुष्पा: द राइज’ १७ डिसेम्बरमा प्रदर्शन भएको थियो । फिल्मले प्रशंसा बटुल्नुको साथै बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो ।

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा : द राइज’मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ । फिल्म ‘पुष्पा: द राइज’को सफलता भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ ।

Published : Wednesday, 2023 April 5, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया