मन्त्रालय र मन्त्रीहरूको कुरा मिलेपछि कांग्रेसको मंगलबारको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति परिवर्तन भएको छ ।

सभापति शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्था र मन्त्रिमण्डलमा सहभागिताका विषयमा छलफल गर्न मंगलबार बिहान ९ बजे पार्टी कार्यालयमा बस्ने गरेर बैठक बोलाएका थिए ।

विशेष कारणवस मंगलबारको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले उल्लेख गरेका छन् ।

स्रोतका अनुसार मंगलबार कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागिसकेको छ ।

सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मन्त्री र मन्त्रालयका विषयमा टुंगो लगाइसकेका छन् ।

संभवत उप–सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका मन्त्रीहरू सहभागी हुनेछन् । संभवत कांग्रेसले अर्थ, भौतिक, कृषि, रक्षा, उद्योग, स्वास्थ्य लगायतका मन्त्रालय पाउनेछ ।

Published : Monday, 2023 March 27, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया