भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरमा जुवातासे खेल्ने १६ जनालाई पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–९ घर भई काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार ८ सय ५० रुपियाँ, भारतीय रूपियाँ ४८ हजार ५ सय र १६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2023 March 23, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया