पोखरामा पाटाको शिखर सम्मलेन हुने

पोखरा । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन र एडभेन्चर ट्राभल मार्ट पोखरामा हुने भएको छ ।

पोखरामा मे २९ देखि जुन १ सम्म हुने कार्यक्रम नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र पाटाको मुख्य आयोजनामा हुनेछ। नेपालमै पहिलो पटक पाटा वार्षिक शिखर सम्मेलन हुन लागेको छ ।

कार्यक्रमको संयोजन पोखरा पर्यटन परिषदले स्थानीय रूपमा गर्नेछ। अन्तर्राष्ट्रिय संयोजन पाटा इन्टरनेशनलले गर्नेछ ।

एडभेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्याति प्राप्त वक्ताहरूले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा छलफल र प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलन, एडभेन्चर ट्राभल मार्ट नेपाली व्यवसायी र अन्तर्राष्ट्रिय व्यवसायीलाई एउटै प्लेटफर्मममा भेला हुने अवसर रहेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले बताएका छन् ।

Published : Wednesday, 2023 March 22, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया