काठमाडौंबाट कुमारी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट २८ वर्षीया तेस्रो लिङ्गी कुमारी तामाङलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्ति देवी लेखिएको ढुंगाको मूर्ति चोरी गरेको अभियोगमा सोही महानगरपालिका–१७ ढल्कु पोडेटोल बस्ने तामाङलाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तामाङको स्थायी घर दोलखाको भीमसेनथानमा पर्छ । प्रहरीले तामाङलाई शुक्रबार साँझ पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

माघ १६ गते उक्त मूर्ति चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङको कोठा तलासी गर्ने क्रममा सो मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मूर्ति १ थान, विभिन्न देवी देवताको आकृती भएको ढुंगाको मूर्ति २४ थान, धातुको मूर्ति २९ थान र धातुको त्रिशुल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।

मूर्ति चोरीको घटनाका बारेमा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Monday, 2023 March 20, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया