बुद्धको जहाज ठूलो दुर्घटनाबाट बच्यो, बीच आकाशबाटै घुम्यो, कर्मचारीको अहँकारपूर्ण घमण्ड

काठमाडौं । बुद्ध एयरको जहाजलाई काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको छ ।

शनिबार काठमाडौंबाट सुर्खेततर्फ उडेको जहाजमा समस्या देखिएको थियो । जहाजलाई आकाशबाटै काठमाडौं फर्काएर सकुशल अवतरण गराइएको छ ।

जहाजको ईन्डिकेटरले समस्या देखाएपछि काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् । उनले भने, ‘यो धेरै ठूलो समस्या होइन । सामान्य हो ।’

बुद्ध एयरले आफ्नो जहाज बीच आकाशबाट काठमाडौं पुनः घुमेर (फिर्ता) आकस्मिक अवतरण गरेको विषयमा केही भनेको छैन । बुद्ध एयरका कर्मचारीहरू प्रतिक्रिया दिन सम्पर्कमा आउन चाहेनन् ।

बुद्ध एयरको ०१–५९७०९०० नम्बरमा शनिबार साँझ ४ बजे फोनमा सम्पर्क गर्दा फोन उठाउने कर्मचारीले ‘मुखछाडेर’ जथाभावी बोलका छन् ।

ती कर्माचारीले ‘हामीलाई थाहा छैन, मिडियामा के आएको छ त्यसबाट सूचना लिनुस्’ भनेर अहँकारपूर्ण अभिव्यक्ति दिएका छन् । ती कर्मचारीले आफ्नो नाम बताउन मानेनन् । बुद्ध एयरका ती कर्मचारीले प्रवक्ता वा आधिकारिक कर्मचारीको सम्पर्क नम्बर दिन अस्वीकार गरेका छन् ।

आकाशबाट फिर्ता भएको बुद्ध एयरको सो जहाजलाई ग्राउन्डेड गरिएको छ । बुद्ध एयरका बाँकी जहाजहरू शनिबार दिनभरि उडान भरेका छन् ।

ग्राउण्डेड भएको जहाजलाई प्राविधिक टोलीको जाँचपछि जहाज उड्न अनुमति दिइनेछ ।

बुद्ध एयरको जहाज काठमाडौंबाट १५ नटिकल माइल उडेर काठमाडौं फिर्ता भएको थियो । जहाजमा ६२ जना यात्रु सवार थिए ।

गएको ६ महिनामा जहाजहरू दुर्घटना हुने र विभिन्न समस्या आइरहेका बेला बुद्ध एयरको जहाजमा पनि समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी आएपछि हवाइ क्षेत्र निकै असुरक्षित भएको चर्चा हुने गरेको छ । प्राधिकरणका तीन जना उच्च कर्मचारीहरू भ्रष्टाचार काण्डमा पक्राउ परिसकेका छन् ।

Published : Saturday, 2023 March 18, 4:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया