क्रिकेटमा नेपालले युएईलाई धुलाइ गरेर जितेपछि आईसीसी र भारतले के भने ?

काठमाडौं । रोमाञ्चक खेलमा नेपालले युएईलाई ९ रनले पराजित गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट लिग–२ युएईबीचको खेलमा नेपालले युएईलाई ९ रनले पराजित गरेको हो ।

जितसँगै नेपाल जिम्बावेमा हुने वर्ल्डकप क्वालिफायर खेल्न पाउनेछ । यएईले टस जितेको थियो । युएईले पहिले ब्याटिङ गरेको थियो ।

आईसीसी र भारतले नेपाली क्रिकेट टिमलाई १२ खेलमा ११ खेल जितेर सफलता पाएको भनेर प्रश्ंसा गरेका छन् ।

युएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको थियो । लक्ष्य पछ्याइरहेको नेपालले ६ विकेट गुमाएर ४४ ओभरमा २६९ रन बनाएको थियो ।

खेल्न नमिल्ने गरी अँध्यारोका भएकोले डिएल मेथडमा गएको थियो । मेथडअनुसार नेपालले युएईलाई पराजित गरेको छ ।

युएई ब्याटिङमा हुँदा ४४ ओभरमा ५ विकेटको क्षतिमा २०८ रन बनाएको थियो । नेपालको ब्याटिङमा भने ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको थियो ।

नेपालले ४२ ओभरमा २० रन जोड्दा उल्टिएको खेल आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईले दिएको कीर्तिमानी ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४१ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा २३५ रन जोडेको थियो ।

ब्याटिङमा गुलशन झा २५ रन र दीपेन्द्रसिंह ऐरी ४ रन बनाएर खेलिरहेका थिए । विश्वकप छनोटमा पुग्न जित्नै पर्ने खेलमा नेपाल डिएल मेथडमा पनि पछि परेको थियो ।

युएईका कप्तान मोहमद वासिम बलिङमा आए । आफ्नो ओभर बलिङ गरेका वासिमविरूद्ध गुलशनले पहिलो बलमा रन लिएनन् ।

दोस्रो बलमा दुई रन लिएका गुलशन त्यसपछि भने आक्रामक रूपमा प्रस्तुत भएका थिए ।

उनले तेस्रो बलमा छक्का प्रहार गरे । चौथो, पाँचौं र छैटौं बलमा चौका प्रहार गर्दा नेपालले एकै ओभरमा २० रन जोड्न सफल भयो ।

२० रन जोडेसँगै नेपाललाई राहत मिल्दा डिएल मेथडमा अघि परेको थियो । युएईका लागि महँगो सावित भयो । किनभने दुई ओभरपछि अँध्यारो भएकाले खेल रोकियो ।

४३ ओभरमा ६ रन र ४४ ओभरमा ८ रन जोड्दा नेपालले ६ विकेटको क्षतिमा २६९ रन जोडेको थियो । त्यति बेला त्रिवि मैदानमा खेल्न पुग्ने प्रकाश नहुँदा अम्पायरले खेल रोके । जसको फाइदा नेपाललाई भयो । खेल नेपालले डिएल मेथडमा ९ रनले जित्यो ।

उता, क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई बधाइ दिएको छ । ट्वीटरमार्फत आईसीसीले नेपाललाई बधाइ दिएको छ ।

क्रिकेट खेलको ठूलो देश भारतले पनि नेपाली क्रिकेट टिमलाई बधाइ दिएको छ । भारतले ट्वीट गर्दै युएईलाई ९ रनले हराएको भन्दै नेपाललाई बधाइ दिएको छ ।

Published : Thursday, 2023 March 16, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया