मलिवाराबाट पाण्डे पक्राउ

काठमाडौं । प्रहरीले महोत्तरीमा ३४ वर्षीय विमलेश पाण्डेलाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार साँझ जलेश्वर नगरपालिका– ३ मलिवारा बजारबाट पाण्डेलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय नोटहरू बोकेर भारतको दशगजाबाट नेपालतर्फ आइरहेको भन्ने विशेष सूचनाको आधारमा संयुक्त प्रहरी टोलीले मलिवारा गाउँबाट पक्राउ गरेको छ ।
एकजना पुरुष व्यक्ति पैदल आएर ज. ४ प. ७०३४ नम्बरको मोटरसाइकल चढेर जाने क्रममा चेकजाँच गर्दा भारतीय नोट फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाण्डे महोत्तरीको जलेश्वर नगरपालिका ३ बस्ने महेन्द्र पाण्डेका छोरा रहेको प्रहरीले उल्लेख गरेको छ ।
पाण्डेको साथबाट प्रतिबन्धित भारतीय नोट ५ सय दरको थान– १९९६ (भा.रु.९,९८,०००) समेत पाण्डेलाई पक्राउ गरिएको छ ।
प्रहरीले बथनाहा बस्ने सरिफ नदाफको छोरा वर्ष ३७ को ओसी हुसेनलाई पनि नक्कली नेपाली रुपियाँसहित पक्राउ गरेको छ ।
उनको शरीर खानतलासी गर्दा हातमा लुकाईछिपाई राखेको नक्कली नेपाली एक हजार बरामद भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया