बाँके र मोरङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । बाँके र मोरङबाट प्रहरीले दुई जनालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।

बाँकेकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका–३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगेर जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

लोहारविरुद्धको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

उता, मोरङमा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पथरीशनिश्चरे नगरपालिका–५ बस्ने ४५ वर्षीय दीपकबहादुर पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पाण्डेले ती महिलालाई कात्तिक ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 March 15, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया