नायिका वर्षाले गरिन् डिभोर्स, समीक्षा र आशिषको धुमधामसँग विवाह

काठमाडौं । नायिका वर्षा सिवाकोटीको घरबार बिग्रिएको छ ।
वर्षाको आफ्ना पति आशिष गेलालसँगको वैवाहिक सम्बन्ध टुटेको छ । आशिष अमेरिकामा बसोबास गर्दै आएका छन् ।
वर्षाले दुई महिनाअघि कानूनी रुपमा आशिषसँग छुट्टिएको बताएकी छिन् ।
वैशाख ९ गते काठमाडौंमा भव्य रुपमा विवाह भएको थियो । वर्षा र आशिषबीच काठमाडौंको महँगो रिसोर्टमा धुमधामसँग विवाह भएको थियो ।
विवाह भएको एक वर्षपछि नायिका वर्षा र आशिषको सम्बन्ध भत्किएको छ । विवाहपछि वर्षा अमेरिका गएकी थिइन् । अमेरिकाको बसाइँपछि नायिका वर्षा पुनः नेपाल फर्किएकी थिइन् ।
नेपाल फर्किएपछि वर्षाले आफ्ना पति आशिषलाई सामाजिक सञ्जालबाट अनफलो गरेकी थिइन् । वर्षा र आशिषबीच दुई महिनाअघि सम्बन्ध बिच्छेद भएको थियो ।
नायिका वर्षासँग सम्बन्ध बिच्छेद गरेका आशिषले सोमबार झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन् । आशिष र समीक्षाको विवाहको तस्वीर तथा भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
नायिकाहरूले सम्बन्ध बिच्छेद गरिरहेका बेला अर्की नायिका वर्षाको पनि सम्बन्ध बिच्छेद भएको छ । उनीहरूबीचको सम्बन्धमा खटपट भएपछि अलग भएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया