सभापति देउवाको निर्देशनपछि तरुण अध्यक्ष गुरुङ खुसी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केन्द्रीय कार्यसमितिलाई विस्तार गर्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सल्लाह गरेका छन् ।

मंगलबार बिहान धुम्बाराहीस्थित निवासमा सभापति देउवासँग भेट गरेर अध्यक्ष गुरुङले तरुण दलको केन्द्रीय कार्यसमिति विस्तार गर्नेबारे छलफल गरेक हुन् । सभापति देउवाले सबैसँग परामर्श गरेर अगाडि बढ्न निर्देशन दिएका छन् ।

तरुण दलको कार्यसमिति लामो समयदेखि विस्तार हुन सकेको छैन । तरुण दललाई अध्यक्ष गुरुङ एक्लैले चलाइरहेका छन् । तरुण दलको महाधिवेशन गर्ने दायित्व पनि अध्यक्ष गुरुङलाई छ ।

अध्यक्ष गुरुङले तरुण दललाई पूर्णता दिएर महाधिवेशन गर्ने तयारी गरेका छन् । विभिन्न राजनीतिक कारणले गर्दा तरुण दलको केन्द्रीय कार्यसमिति विस्तारमा कठिनाइ पर्दै आएको छ ।

सभापति देउवाले तरुणहरूलाई नेपाल विद्यार्थी संघलाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि केन्द्रित हुन निर्देशन दिएका छन् ।

Published : Tuesday, 2023 March 14, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया