जावलाखेल ग्रुपद्वारा ‘स्काई भोड्का’ उत्पादन

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले ‘स्काई भोड्का’ सार्वजनिक गरेको छ ।

स्काइ भोड्का सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित हो ।

स्काई भोड्काको गुणस्तर र स्वादका लागि नयाँ स्टान्डर्ड सेट गर्न विशेष तथा फरक स्वाद पस्किन, बजारमा ल्याइएको प्रिमियम भोड्का ब्रान्ड रहेको कम्पनीले जनाएको छ ।

पाँच पटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मुथ रिफ्रेसिङ टेस्ट छ ।

स्काई भोड्कालाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीले दाबी गरेको छ ।

स्काई भोड्कामा उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टेको विशेषता रहेको दाबी गरिएको छ ।

स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध छ ।

Published : Monday, 2023 March 13, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया