ममता र जितबहादुरको हत्या, प्रहरीद्वारा सात जना पक्राउ

काठमाडौं । हत्याको अभियोगमा प्रहरीले रुकुम पश्चिमबाट ६ जनालाई पक्राउ गरेको छ ।

मुसिकोट नगरपालिका–८ घोरखानी बस्ने ७४ वर्षीय जीतबहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेका छन् ।

पुरानो रिसिईबीको कारण उनीहरूको कुटपिटबाट गम्भीर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरको छ ।

उता, जुम्लामा आफ्नै श्रीमती २१ वर्षीया ममता नेपालीको हत्या गरेको अभियोगमा तिला गाउँपालिका–४ नुवाकोट बस्ने ४७ वर्षीय आइते सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आइतेले ममता नेपालीलाई हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुंडारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Sunday, 2023 March 12, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया