धुम्बराहीबाट ठूलो रकमसहित जुवातास खेल्ने समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट दश जनालाई जुवातास खेलिरहेको अवस्थामा ठूलो रकमसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–४ धुम्बराही बस्ने काभ्रेको पाँचखाल नगरपालिका–१ घर भएका ४३ वर्षीय धनबहादुर तामाङको लामा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा दश जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा धनबहादुर लामासमेत १० जना रहेका छन् । उनीहरूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९४ हजार ५५ रुपियाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Wednesday, 2023 March 8, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया