चौवीस वर्षमै राजले धेरैलाई काठमाडौंमा मुर्गा बनाए, नरेफाँटबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन, नयाँ बानेश्वरले २४ वर्षीय राज रोकायालाई पक्राउ गरेको छ ।

उपत्यका अपराधले रोकायलाई शनिबार काठमाडौंको नरेफाँटबाट पक्राउ गरेको प्रवक्ता तथा एसपी सोमेन्द्रसिंह राठौरद्वारा विज्ञप्तिमा उल्लेख छ ।

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ स्थायी घर भइ रोकाय काठमाडौंको नरेफाँटमा बस्दै आएका थिए ।

रोकायले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फ्लो गरी साथी बनाएर विभिन्न मानिसहरूलाई अनलाइनमा रकम लगानी गर्न लगाउने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रोकायाले अनलाइनमा रकम लगानी गरेवापत दोब्बर हुन्छ भनेर ई–सेवा, खल्ती जस्ता वालेटहरूमा रकम पठाउन लगाउने गरेका थिए ।

रकम पाउनको लागि फारम लगायत फाइदा रकम पठाउन लगाइ आएको रकम वापत लाग्ने चार्ज, एकाउन्ट अपडेट, एजेन्ट कमिशन, सरकारी भ्याट लगायतको प्रयोजनमा रकम तिर्नुपर्छ भनेर रोकायाले ७ लाख ७५ हजार २ सय रुपियाँ अनलाइनमार्फत ठगी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका रोकायालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको छ ।

Published : Sunday, 2023 March 5, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया