सीआईबीद्वारा बालाजुका खतिवडा पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट २८ वर्षीय रूवि खतिवडालाई पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोटको लिखु गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने खतिवडालाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उच्च अदालत पाटनको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।

कैद तथा जरिवाना ठहर भएपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।

खतिवडाले प्रभु बैंक लिमिटेड काठमाडौं बबरमहल शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय काठमाडौं सुन्धारा पठाइएको छ ।

Published : Thursday, 2023 March 2, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया